![बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सदनमा पेस, यस्तो छ नतिजा [प्रतिवेदनसिहत]](https://lktcdn2.prixacdn.net/media/DPM_Bishnu_Paudel_EQ98XtUo6Q.jpg)
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सदनमा पेस गरेका छन् ।
बिहीबार अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा ‘चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ पेस गरेका हुन् ।
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक बजेटको नतिजा मिश्रित रहेको अर्थमन्त्री पौडेलले बताए । आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती देखिएको उनको भनाइ छ ।
‘सरकारले गरेको नीतिगत व्यवस्था, सुधारका प्रयासका साथै बाह्य क्षेत्रको सन्तुलन एवं तरलताको पर्याप्तता तथा न्यून ब्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरिएको छ’, मन्त्री पौडेलले भने, ‘यसका साथै वित्त प्रणालीको विश्वसनीयता बढेको छ ।’
पढ्नुहोस् प्रतिवेदन :