१३ असार २०८३, शनिबार

‘गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन्’

माघ २४, २०८१
काठमाडौं
‘गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन्’

 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका छन् । 

बागीश्वरी माविको ६६औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभावले गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका हुन् । प्रजातन्त्रमा प्रतिपक्ष बलियो नभए प्रजातन्त्र कमजोर हुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेले भने, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुन्छ, प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन । पदमा बस्नेहरूको बौद्धिकस्तर मापन गर्नुपर्छ ।” उनले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन सरकारसँग माग गरे । 

    कार्यक्रमका सभापति एवं भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिक एक लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्