राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी)ले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेको भन्दै उनको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले सरकारको कुनियतमा समर्थन नगर्न उनले संसद्समक्ष माग गरेका हुन् ।
‘रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो साध्यो । सार्वभौम सांसदले पनि सरकारको रबैयामा समर्थन नगरोस्,’ अर्यालले भने, ‘सरकारले प्रतिशोधको मूल्य चुकाउनुपर्ने छ । सकारको कुनियत जनताले बुझिसकेका छन् । थुनामा नहुँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै सांसद पद निलम्बन फुकुवा गरियोस् ।’