मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
काठमाडौं, ५ मंसिर - चलचित्र ‘कबड्डी’ सफल भएपछि यही सूत्र र परिवेशको वरिपरि रहेर धेरै नेपाली चलचित्र निर्माण भए । केही चलचित्र सफल पनि भए भने केहीले चाहिँ व्यापार गर्न सकेनन् । कम बजेटमा निर्माण हुने उस्तै शैलीका यी चलचित्रले जेनतेन लगानी उठाए । यस्ता धारको चलचित्र निर्माण क्रम भने रोकिएको छैन । तिनैमध्येको एक चलचित्र ‘झ्यानाकुटी’ पनि हो ।
कास्कीको कुनै एक गाउँमा श्रीमान्–श्रीमती बुधे (सौगात मल्ल) र मालती (बेनिशा हमाल) बसोबास गर्छन् । स–सानो कुरामा पनि झगडा गर्ने यो जोडीबीच एकदिन दह्रै ठाकठुक पर्छ । श्रीमानको रक्सी खाने बानीबाट दिक्क भएकी मालतीले आफ्नो आठ महिनाको छोरो छोडेर घरबाट निस्किन्छे । त्यसपछि उत्पन्न हुने घटनाक्रमले कथालाई अगाडि बढाउँदै लैजान्छ ।
चलचित्र केटाकेटीले खेल्ने भाँडाकुटीजस्तो छ । सस्तो अनि नटिकाउ । फिल्मको कथामा कुनै गुदी छैन । अनि फिल्मका पात्रप्रति दर्शकको संवेदना जाग्दैन ।
कलाकारहरूको अभिनय औसत छ । सौगात मल्ल कुनै समयमा अब्बल अभिनय गर्थे तर उनको धार भुत्ते हुँदै गइरहेको अनुभव हुन्छ । अन्य कलाकार बेनिशा हमाल, जीवन भट्टराई, सुमी मोक्तानले कामचलाउ अभिनय गरेका छन् । तर सानो बच्चाको भूमिकालाई भने निर्देशकले सुन्दर तरिकाले पर्दामा उतारेका छन् ।
छायांकन पक्षमा प्रशंसनीय पक्ष खासै केही छैन । हरि गुरागाईंले फिल्मका धेरैजसो दृश्य सामान्य खिचेका छन् । तर छायांकारको फ्रेममा न गाउँको बनोट आउँछ, न त गाउँभित्रका अन्य कुनै पक्ष नै अटेका छन् । धेरैजसो दृश्य घरका आँगन र एक रेस्टुरेन्ट वरिपरि खिचिएका छन् ।
चलचित्रको गीत संगीत राम्रै भन्नुपर्छ । फिल्ममा गीतलाई निर्देशक सिमोस सुनुवारले सुहाउने गरी पस्केका छन् । पात्रको जीवनशैली र उसको चरित्रलाई ख्याल गर्न खोजेपनि पात्रलाई पूर्णतः न्याय गर्न निर्देशक चुकेका छन् । फिल्मका सीमित पात्रबाहेक अरू कुनै पात्रलाई पनि फिल्ममा अटाउन सकेका छैनन् निर्देशकले । यस्तो लाग्छ, गाउँमा अरू कुनै घर पनि छैनन्, मान्छे पनि बस्दैनन् कि झैं गरी फिल्म सकाएका छन् निर्देशकले ।
चलचित्रको कथावस्तुमा खासै दम छैन । आठ महिनाको छोरो छोडेर मासुको निहुँमा घर छोडेर जाने श्रीमती, श्रीमतीविना नै बाँच्न सक्छु भन्ने तर उसैलाई खोज्दै भौंतारिने श्रीमान्, घरमा किचलो भएको मौका पारेर भाञ्जी बिहे गरिदिन मरिहत्ते गर्ने बच्चैदेखिको साथी वरिपरि फिल्म अल्झेको छ । तर ती घटनालाई विश्वसनीय बनाउन फिल्ममा कुनै कोशिश गरिएको छैन । घटनापछाडिका अपत्यारिला कारणले फिल्मको स्तर घटाएको छ भने पात्रलाई संवदेनाहीन बनाएको छ ।
फिल्मलाई भद्दा र द्विअर्थी लाग्ने केही संवादको बलमा रमाइलो बनाउन खोजिएको छ । श्रीमान्–श्रीमतीको झगडाजस्तो गम्भीर विषयमा फिल्म बनेको त छ तर पूरै फिल्म केटाकेटी खेल्ने भाँडाकुटी जस्तो हलुका बन्न पुगेको छ ।
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...