०९ असार २०८३, मंगलबार

मौसममा बदली, चारवटा प्रदेशका उच्च भेगमा हिमपातको सम्भावना

माघ २६, २०८१
काठमाडौं
मौसममा बदली, चारवटा प्रदेशका उच्च भेगमा हिमपातको सम्भावना
प्रतीकात्मक तस्वीर

पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका अन्य भूभागमा भने मुख्यतया मौसम सफा रहने छ । 

बिहानीपख तराईका भू–भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्