दिल्ली विधान सभाको शुरूआति रुझानमा भारतीय जनता पार्टी बहुमततर्फ अग्रसर भएको देखिएको छ ।
शनिबार बिहानबाट शुरू भएको मतगणनामा यो समाचार तयार पार्दासम्म भाजपाले ७० मध्ये ४० सीटमा अग्रता बनाएको छ ।
लामो समयदेखि दिल्लीमा शासन गरिरहेको आम आदमी पार्टी भने ३० सीटमा अग्रता बनाउँदै दोस्रो स्थानमा छ ।
कांग्रेससहित अन्य दल कुनै पनि क्षेत्रमा अगाडि छैनन् ।
दिल्लीमा सरकार बनाउनका लागि ३६ सीट आवश्यक पर्छ । यही रुझान नतिजामा परिणत हुने हो भने भाजपाले सहजै सरकार बनाउने देखिन्छ ।
दिल्ली जितेमा भाजपाका लागि निकै ठूलो जीत हुनेछ ।