१३ असार २०८३, शनिबार

कांग्रेसका सभापति देउवा दाङमा, लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे स्वागत

माघ २६, २०८१
बुटवल
कांग्रेसका सभापति देउवा दाङमा, लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे स्वागत

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आएका छन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारूहरूलाई सम्बोधन गर्न उनी शनिबार दाङ आएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतले स्वागत गरेका थिए ।​ 

थारू सांस्कृतिक संग्राहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लागेको छ ।

महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ ।

null

यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ र यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवं थारूलगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ ।​

थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभूषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्