
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावनाविपरीत भएको बताए छन् ।
प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यादेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए ।
राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, सामाजिक अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ छ ।
विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए ।