३१ असार २०८३, बुधबार

नकाब लगाएका हतियारधारी समूहले सुनसरी गरे लुटपाट

कात्तिक २०, २०७४
नकाब लगाएका हतियारधारी समूहले सुनसरी गरे लुटपाट
इटहरी, ५ माघ-नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँच थान मोबाइल र एक थान क्राइम कन्ट्रोल क्यामेरा मङ्लबार लुटेर लगेका छन् । 

अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्जतसँगै पेस्तोल देखाई पसेर उद्योगका प्रबन्धक जीतु अग्रहरीलाई नियन्त्रणमा लिई आक्रमण गरेको र त्यहाँ भएको पैसा मोबाइल र क्राइम कन्ट्रोल क्यामेरा समेत लुटेर लैजान सफल भएको बाताइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय दुहवीले लुट्न आएका सबैले नकाब लगाएको र सो स्थानमा भएको क्राइम कन्ट्रोल क्यामेरा समेत लुटेरा समूहले लगेका कारण लुटेराको पहिचान गर्न गाह्रो भएको भए पनि प्रहरीले खोजतलास जारी राखेको बताएको छ ।

लुटेरा समूहको आक्रमणबाट घाइते भएका प्रबन्धक जीतु अग्रहरीको स्थानीय उपचार केन्द्रमा उपचार गरिएको पनि इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्