१० साउन २०८३, आइतबार

सगरमाथा संवादको तयारी तीव्र, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरिने

माघ २७, २०८१
काठमाडौं
सगरमाथा संवादको तयारी तीव्र, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बसेको सगरमाथा संवाद कार्यक्रमका लागि तयारी बैठकले विभिन्न समिति गठन गरेको छ ।

बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ । गठित समितिहरूको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेछ।

जेठ २-४ गते काठमाडौंमा हुने संवादमा भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरूलाई आमन्त्रण गर्ने तयारी छ। प्रचारप्रसारका लागि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट समेत सञ्चालनमा ल्याइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि साइडलाइन इभेन्ट र प्रदर्शनी आयोजना हुनेछ।  समाजका सबै पक्षलाई समेट्ने गरी पूर्व कार्यक्रमहरू समेत गरिने जनाइएको छ।

यो संवाद जलवायु परिवर्तन, हिमाल र मानवजीवनका विषयमा केन्द्रित हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्