११ साउन २०८३, सोमबार

बाबुरामको राजनीतिक प्रतिवेदन– प्रचण्ड भ्रष्टाचार र दलालीमा लागे, माके–एमालेमा अन्तर छैन [पूर्णपाठ]

माघ २७, २०८१
काठमाडौं
बाबुरामको राजनीतिक प्रतिवेदन– प्रचण्ड भ्रष्टाचार र दलालीमा लागे, माके–एमालेमा अन्तर छैन [पूर्णपाठ]

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीको मूल नेतृत्व (प्रचण्ड) तीव्र गतिमा भ्रष्टाचार र दलालीमा लागेको आरोप लगाएका छन् । माओवादी र एमालेमा कुनै तात्विक अन्तर नरहेको उनको दाबी छ ।

आइतबारदेखि काठमाडौंमा शुरू पार्टीको महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भट्टराईले माओवादीको मूल नेतृत्व अनियमिततामा फसको आरोप  लगाएका हुन् । ‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन-झन तीव्र गतिमा भ्रष्टाचार, अनियमितता र शक्तिकेन्द्रको दलाली र बर्ग उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माओवादी केन्द्रमा तात्विक अन्तर छैन,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

कम्युनिस्ट नेताहरू भ्रष्टाचार काण्डमा मुछिएकाले जनताको नजरमा कांग्रेस र कम्युनिस्ट नेताहरू खासै फरक नरहेको भट्टराईको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । 

भट्टराईले अवसरवादी प्रचण्डलाई गोरखा २ निर्वाचन क्षेत्र छाड्नु कमजोरी भएको समेत उल्लेख गरेका छन् । ‘२०७९ सालको निर्वाचनमा प्रचण्डलाई गोरखा २ छाड्नु गम्भीर गल्ती थियो । प्रचण्डलाई गोरखा छाड्नु नेतृत्वको सदासयदापूर्ण उदारवादी कमजोरी थियो,’ प्रतिवेदनमा भनिएको छ ।

आइतबार सम्पन्न उद्‌घाटन सत्रमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

यस्तो छ पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्