
दाङमा प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१४ निवासी २५ वर्षीय रञ्जित रसाईलीलाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको हो ।
लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा सवार रसाईलीलाई प्रहरीले खानतलासी गर्दा २ वटा सिक्री र एउटा सुनको सानो डल्लो फेला परेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

रसाईलीको साथबाट एक लाख सात हजार आठ सय रूपैयाँ नगद पनि बरामद भएको छ । मोटरसाइकल र बरामद सामानसहित रसाईलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।