२९ असार २०८३, सोमबार

माओवादीको संगठन विभागमा जनार्दन, उत्पादनमा पासाङ

माघ २७, २०८१
काठमाडौं
माओवादीको संगठन विभागमा जनार्दन, उत्पादनमा पासाङ

नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन तोकेको छ । कार्यविभाजनअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाएका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई समेत पार्टीको जिम्मेवारी दिइएको छ । 

उनले राजनीतिमा सक्रिय हुने चाहना राखेअनुसार विशेष जिम्मेवारी भनेर आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज दिइएको हो । जिम्मेवारी तोकेर माओवादीले आइतबार मातहतका कमिटीमा सर्कुलर पठाइसकेको छ।   

माओवादीको हालै सम्पन्न पदाधिकारी बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन गरिएको हो ।

कार्यविभाजनअनुसार अध्यक्षदेखि महासचिवसम्मका पदाधिकारीहरूलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरूका जिम्मेवारीमा केन्द्रित गरिएको छ । जसअनुसार वैचारिक राजनीतिक क्षेत्रको संयोजक अध्यक्ष प्रचण्ड रहेका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राज्य व्यवस्था मामिला संयोजकमा उपाध्यक्ष कृष्ण बहादुर महरा, मानव संसाधन तथा सामाजिक क्षेत्र संयोजकमा अग्नि सापकोटा, समावेशी तथा सामाजिक न्याय क्षेत्र संयोजकमा पम्फा भुसाल, संघीय मामिला संयोजकमा महासचिव देव गुरुङ, आर्थिक क्षेत्र संयोजकमा उपमहासचिव वर्षमान पुन, प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्र संयोजकमा शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार क्षेत्र संयोजकमा सचिव देवेन्द्र पौडेल चयन भएका छन् । यस्तै माओवादीले प्रदेश, जिल्लासहितका इन्चार्जहरू पनि टुंग्याएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्