२५ असार २०८३, बिहीबार

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

माघ २८, २०८१
कैलाली
अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट’ को उपाधि सिवाइसी अत्तरियाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो ।

उपाधिसँगै अत्तरियाले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले रु पाँच लाख पुरस्कार पायो । जीतका लागि एक सय १९ रनको लक्ष्य पाए पनि डडेल्धुराले  ८४ रन मात्र बनायो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाए ।

बलिङतर्फ अत्तरियाका लागि साहब आलम र दीपेश कँडेलले ३/३ तथा कमल गुप्ता र विवेक यादवले २/२ विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा एक सय १८ रन बनायो । उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शङ्कर रानाले २० रन बनाए ।

बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्