०२ असार २०८३, मंगलबार

लमहीका मधु चौधरी जावलाखेलबाट सम्पर्कविहीन

माघ २९, २०८१
काठमाडौं
लमहीका मधु चौधरी जावलाखेलबाट सम्पर्कविहीन

दाङको लमही-३ मझगाउँका ६५ वर्षीय मधु चौधरी ललितपुरस्थित जावलाखेलबाट हराएका छन् । छोरीलाई भेट्न ललितपुर आएका उनी सोमबार बिहानबाट हराएका हुन् । 

बिहान मर्निङ वाक गर्न कोठाबाट निस्किएका बुवा अहिले (मंगलबार बिहान)सम्म सम्पर्कमा नआएको छोरी संगीताले बताइन् ।

'हिजो बिहान जावलाखेल दमकल चोकबाट डुल्न जान्छु भन्दै बुवा निस्किनुभएको थियो, तर त्यसपछि सम्पर्कमा आउनुभएको छैन,' उनले भनिन् ।

बुवा हराएकोबारे जावलाखेल प्रहरीलाई पनि जानकारी गराएको उनले बताइन् ।

हराएका बुवाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन उनले अनुरोध गरेकी छन् ।

अपडेट :जावलाखेलबाट हराएका मधु भेटिएका छन् । ललितपुरबाट हराएका उनी लमहीस्थित घर पुगेको छोरी संगीताले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्