०१ साउन २०८३, शुक्रबार

महिलालाई सीप सिकाउँदै स्थानीय तह

माघ २९, २०८१
डडेल्धुरा
महिलालाई सीप सिकाउँदै स्थानीय तह

डडेल्धुराका स्थानीय तहहरूले महिलालाई सीप सिकाउन थालेका छन् ।

यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरूलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ । 

सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको हो ।

तीन महिने सो तालिमले उनीहरूलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडा अध्यक्ष क्षेत्रीले बताए ।

त्यसैगरी जिल्लाका सातवटै स्थानीय तहले महिला लक्षित सिलाई कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन गर्ने, अचार बनाउने, धुप बनाउनेजस्ता तालिम सञ्चालन गर्दै आएका छन् ।

स्थानीय तहसँग घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रलगायतले समन्वय गर्ने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ ।

सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम निःशुल्क प्रदान गरिएकाले सीप सिक्नमा महिलाको आकर्षण देखिएको कार्यालय प्रमुख केसवराज भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्