
काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
विस्फोटमा घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार रविनको सोमबार साँझ र भीमको आज बिहान निधन भएको हो ।
गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।
बाँकीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।