२४ असार २०८३, बुधबार

हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’अभियान : स्वस्थ जीवनशैलीको सिर्जनात्मक उदाहरण

माघ २९, २०८१
काठमाडौं
हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’अभियान : स्वस्थ जीवनशैलीको सिर्जनात्मक उदाहरण

नेपालकै अग्रणी एफएमसीजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि शुरू गरेको ‘ट्रान्सफर्म विथ हाइलाइफ’अभियान स्वस्थ जीवनशैलीको सिर्जनात्मक उदाहरण बनेको छ ।

स्वस्थ जीवनशैली शुरू गर्ने अठोट र संकल्पका साथ शुरू भएको अभियानमा सहभागीहरूले आफ्नो संकल्पको निरन्तरता मात्रै नभएर आकर्षक उपहार तथा हाइलाइफका स्वास्थ्यकर सामग्री जित्ने अवसर पाएका कम्पनीले जनाएको छ ।

स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक (Bi-Weekly) चुनौतीहरू प्रस्तुत गर्नेछ ।

जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्