२८ जेठ २०८३, बिहीबार

आकस्मिक मृत्यु हुने घटना बढेपछि मुटु जाँच गराउनेको संख्या बढ्दो

मंसिर ६, २०७४
आकस्मिक मृत्यु हुने घटना बढेपछि मुटु जाँच गराउनेको संख्या बढ्दो

काठमाडौँ, ६ मङ्सिर- केहि दिनयता अस्पतालमा मुटु जाँच गराउने संख्या बढ्दो छ । हृदयाघातका कारण आकस्मिक मृत्यु हुने घटना बढ्न थालेपछि मुटु जाँच गराउनेको संख्या बढेको चिकित्सकहरू बताउँछन्, नयाँ पत्रिकामा खबर छ  ।

वीर अस्पतालमा दुई दिनयता मुटु जाँच गराउनेको संख्या २५ प्रतिशतले बढेको अस्पतालका मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले बताए । कुनै पनि समस्या नभएका मानिससमेत मुटु चेकजाँच गराउन अस्पताल आउने गरेको रेग्मीले बताए । ‘मोबाइलमा फोन गरेर पनि धेरैले जिज्ञासा राख्न थाल्नुभएको छ,’ रेग्मीले भने ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला पनि पछिल्ला केही दिनयता मुटु चेकअप गराउनेको संख्या बढेको बताउँछन् ‘आकस्मिक मृत्यु हुने कारण हृदयघात मात्र नभएर अन्य पनि हुन सक्छ । त्यसैले नियमित रूपमा स्वास्थ्य चेकजाँच गराउनु पर्छ,’ उनले भने ।

निर्वाचन नजिकिएसँगै जिल्ला बाहिरबाट अस्पताल आउने बिरामीको संख्या घटेको उनले बताए । ‘तर, डर र त्रासको कारण मुटु चेक गराउनेको संख्या बढ्दो छ,’ कोइरालाले भने । 

salt training

कमेन्ट गर्नुहोस्