०५ साउन २०८३, मंगलबार

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको निर्देशकमा पौडेल र थारू नियुक्त

माघ ३०, २०८१
काठमाडौं
कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको निर्देशकमा पौडेल र थारू नियुक्त

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. कृष्णप्रसाद पौडेल र डा. सञ्जय महतो थारू नियुक्त भएका छन् ।

कांग्रेस उपसभापतिसमेत रहेका प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले  (प्रशिक्षण तर्फ) कास्कीका पौडेल र (अनुसन्धान तर्फ) चितवनका थारूलाई नियुक्त गरेका हुन् ।

'नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (प्रशिक्षण तर्फ)को पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धान तर्फ)को पदमा चितवनका डा. सञ्जय महतो थारूलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ,' मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्