०४ साउन २०८३, सोमबार

माओवादीले जितेका कोशीका ७ पालिकाले दिए ‘जनयुद्ध दिवस’को बिदा

माघ ३०, २०८१
विराटनगर
माओवादीले जितेका कोशीका ७ पालिकाले दिए ‘जनयुद्ध दिवस’को बिदा

नेकपा माओवादी केन्द्रले जितेका कोशी प्रदेशका ७ वटा स्थानी तहले भोलि बिहीबार सार्वजनिक बिदा दिएका छन् । ‘जनयुद्ध दिवस’को अवसरमा ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन् । 

पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् । 

यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर बिदा दिएको घोषणा गरेका छन् । 

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचन समेत गरेर १३ वटा पालिका जितेको थियो । कार्यपालिकामा बहुमत पुग्ने पालिकाले बिदा दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले जानकारी दिए । 

‘सबै पालिकामा हाम्रो कार्यपालिकामा बहुमत छैन’, उनले भने, ‘७ वटाले बिदा दिएको जानकारी प्राप्त भएको छ ।’

पछिल्लो समय माओवादी केन्द्रले फागुन १ गते मनाउने जनयुद्ध दिवस विवादमा परेको छ । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरिसकेको छ । तथापि, माओवादीले जितेका स्थानीय तहले भने सार्वजनिक बिदा दिने गरेका छन् । 

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको थियो । त्यही दिनको सम्झनामा माओवादीले भने ‘जनयुद्ध दिवस’ मनाउने गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्