१६ असार २०८३, मंगलबार

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

फागुन २, २०८१
काठमाडौं
अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषाको विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन् । 

उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई काठमाडौं कोटश्वरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्