
धनुषामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बटेश्वर गाउँपालिका-२ रमौल टोलतर्फ जाँदै गरेको म.प्र.०२-००६ प ६१३९ नम्बरको स्कुटर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४१ वर्षीया हेम कुमारी रेग्मीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।