०६ असार २०८३, शनिबार

महोत्तरीमा किसानको आकर्षक : परम्परागत धानखेती छाडेर सुर्तीखेती

फागुन २, २०८१
महोत्तरी
महोत्तरीमा किसानको आकर्षक : परम्परागत धानखेती छाडेर सुर्तीखेती

महोत्तरी गाउँपालिका–६ का किसान नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर सुर्तीखेती गर्न थालेका हुन् ।  

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साहले मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेको बताए । 

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए । उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् । 

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रूपमा सुर्तीखेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । 

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम दुई लाख  आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्