०५ साउन २०८३, मंगलबार

दीपेन्द्र शिखर इलामले जित्यो पवित्रहाङमा गोल्डकपको उपाधि

फागुन २, २०८१
इलाम
दीपेन्द्र शिखर इलामले जित्यो पवित्रहाङमा गोल्डकपको उपाधि

 दीपेन्द्र शिखर फुटबल क्लब इलामले जिल्लाको माङसेबुङ गाउँपालिकामा सञ्चालित १५औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

आज प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई १–० गोलको अन्तरमा रोक्दै दीपेन्द्र शिखरले उपाधि जितेको हो । सोस्तिमा विश्वकर्माले खेलको ४५औँ मिनेटमा गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बनेको थियो । 

सुरुवाती अग्रतासँगै रक्षात्मक खेल खेलेको दीपेन्द्र शिखर उपाधि पाउन सफल भयो । उता कनकाईले खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । 

उपाधिसँगै विजेता दीपेन्द्र शिखरले नगद रु तीन लाख एक सय ६९ सहित ट्रफी हात पा¥यो । उपविजेता बनेको कनकाईले नगद रु दुई लाख एक सय ६९ मा चित्त बुझायो । 

फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता दीपेन्द्र शिखरकी सोस्तिमा विश्वकर्मा घोषित हुँदै नगद रु पाँच हजार ६९ प्राप्त गरिन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दीपेन्द्र शिखरकी झरना नरकोटी, उत्कृष्ट डिफेन्डर दीपेन्द्र शिखरकी सजिना कोइराला, उदयीमान खेलाडी ताप्लेजुङ फुटबल सङ्घकी प्रजिता राई र सर्वाधिक गोलकर्ता उपविजेता कनकाईकी समीक्षा मगर (५ गोल) घोषित भइन् । 

salt training

कमेन्ट गर्नुहोस्