०३ साउन २०८३, आइतबार

बालुवाटार बैठक : अध्यादेश अघि बढाउने सत्तारुढ दलहरूबीच सहमति

फागुन ३, २०८१
काठमाडौं
बालुवाटार बैठक : अध्यादेश अघि बढाउने सत्तारुढ दलहरूबीच सहमति

सत्तारुढ दलका शीर्ष नेताहरूबीच सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ। 

शनिबार बालुवाटारमा बसेको बैठकले सबै दलहरूसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाबाट पारित गर्ने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

‘बैठकमा सहभागी सबै नेता सकारात्मक हुनुहुन्छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादव बाहिर रहेकाले उहाँहरूसँग टेलिफोनमा कुरा भएको छ। उहाँहरू पनि सकारात्मक हुनुहुन्छ। अब दुवै सदनबाट अध्यादेश स्वीकृत हुन्छ,’ उनले भने, ‘सम्भवतः २/३ दिनमा हुन्छ। राष्ट्रियसभा ६ गते छ। सायद त्यही दिन संसद्‌मा पेश हुने र पारित हुनेछ।’ 

संविधान संशोधनका लागि कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको उनले जानकारी दिए । 'संविधान संशोधनका लागि कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको छ । दुवै पार्टीले आ-आफ्नो तर्फबाट नाम दिन्छौं। त्यसपछि कार्यदलले काम गर्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्