१२ असार २०८३, शुक्रबार

मानिस मरेपछि उसको सामाजिक सञ्जालको अकाउन्ट के हुन्छ ?

मानिस मरेपछि उसको सामाजिक सञ्जालको अकाउन्ट के हुन्छ ?

काठमाडौं, ६ मंसिर — आजकल सामाजिक सञ्जालमा बच्चादेखि बूढासम्म धेरैजना जोडिएका छन् । सामाजिक मुद्दाका बारेमा छलफल र साथीभाइसँगको तस्वीर र भिडियो शेयर गर्नका लागि सामाजिक सञ्जालको व्यापक उपयोग गर्ने गरिएको छ । 

फेसबूक, ट्विटर, इन्स्टाग्राम र जीमेल विश्वव्यापी रूपमा धेरै प्रयोग हुने सामाजिक सञ्जाल हुन् । 

प्रयोगकर्ताको मृत्यु भएपछि सामाजिक सञ्जालको अकाउन्ट के हुन्छ ? यसलाई कसरी व्यवस्थापन गरिन्छ ? यसको चर्चा गरौं । 

ट्विटर – तपाईंको ट्विटर अकाउन्ट छ भने तपाईंको मृत्युपछि कसैले पनि त्यो अकाउन्ट चलाउन पाउँदैन । तर तपाईंको परिवारको सदस्यले त्यो अकाउन्ट बन्द गर्न चाहेमा ट्विटरको प्राइभेसी फारममार्फत बन्द गराउन सक्छ । 

फेसबूक – मृत्युपछि पनि तपाईंको फेसबूक अकाउन्ट चलिरहोस् भन्ने चाहनुहुन्छ भने तपाईंले विशेष व्यक्तिलाई यसको अधिकार दिन सक्नुहुन्छ । फेसबूकमा लिगेसी कन्ट्याक्टमार्फत कुनै विशेषलाई यो अधिकार दिन सक्नुहुन्छ । उसले तपाईंको मृत्युपछि अकाउन्ट एक्सेस गर्न सक्छ । 

त्यसका लागि तपाईं फेसबूकको सेटिङमा गएर पुछारमा रहेको म्यानेज अकाउन्ट अप्सनमा क्लिक गर्नुस् । त्यहाँ तपाईंले एक विशेष व्यक्तिको नाम दिनुपर्ने हुन्छ । उसले तपाईंको मृत्युपछि अकाउन्ट र पोस्ट व्यवस्थापन गर्छ तर तपाईंको प्राइभेट च्याट पढ्न पाउँदैन । 

इन्स्टाग्राम – इन्स्टाग्रामले आफ्नो युजरको अकाउन्ट अरू कुनै व्यक्तिलाई प्रयोग गर्ने अधिकार दिँदैन तर तपाईंले कुनै व्यक्तिको मृत्यु भइसकेको थाहा पाउनुभएको छ उसको अकाउन्टको रिपोर्ट इन्स्टाग्रामलाई दिन सक्नुहुन्छ । रिपोर्ट गर्नका लागि इन्स्टाग्राम्स हेल्प सेन्टरमा सम्पर्क गर्नुपर्छ । त्यहाँ उक्त व्यक्तिको मृत्यु भएको प्रमाण तपाईंले दिनुपर्छ । त्यसपछि विश्वस्त भएमा इन्स्टाग्रामले अकाउन्ट डिएक्टिभेट गरिदिन्छ । कुनै मृत व्यक्तिको इन्स्टाग्राम अकाउन्ट स्थायी रूपमा डिलिट गर्न चाहनुुहन्छ भने उक्त व्यक्तिको परिवारको सदस्यले मात्र सक्छ । 

जीमेल – जीमेल नियमित रूपमा चलाउनुहुन्छ र मृत्युपछि जीमेल अकाउन्ट आफैं डिएक्टिभेट होस् भन्ने चाहनुहुन्छ भने जीमेलको इनएक्टिभ अकाउन्ट म्यानेजर अप्सनमार्फत यसो गर्न सक्नुहुन्छ । यो अप्सनमा तपाईंले जीमेललाई एउटा समयसीमा दिन सक्नुहुन्छ । त्यो अवधिमा तपाईंको अकाउन्टमा कुनै एक्टिभिटी हुँदैन र जीमेलले आफैं अकाउन्ट डिएक्टिभेट गरिदिन्छ । यस अप्सन अन्गर्तत तपाईं जीमेलालाई तीन, ६ वा नौ महिनाको समय दिन सक्नुहुनेछ । 

एजेन्सी

कमेन्ट गर्नुहोस्