
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वा बस्ने ३६ वर्षीय जगतराम साहुलाई रहेका छन् । उनलाई शनिबार बेलुकी पक्राउ गरिएको बाँके प्रहरीले जनाएका छन् ।
जगतरामले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।