३० जेठ २०८३, शनिबार

अर्थमन्त्री घाइते भएको पोखरा घटनाको छानबिन हुनुपर्छ– कांग्रेस सांसद बडू

फागुन ४, २०८१
काठमाडौं
अर्थमन्त्री घाइते भएको पोखरा घटनाको छानबिन हुनुपर्छ– कांग्रेस सांसद बडू

नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य जलनमा परेको घटना सम्बन्धमा छानबिनको माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बडूले पोखरामा भएको घटना कसरी भयो भनेर छानबिन गर्नुपर्ने बताएका हुन् ।

संसद्को आकस्मिक समयमा कांग्रेसका चन्द्र भण्डारी र राप्रपाका धवलशमशेर जबरा र शून्य समयमा धनराज गुरुङ, देवेन्द्र पौडेललगायतले पोखरा घटनाप्रति दु:ख व्यक्त गरेका छन् । 

पोखरा भ्रमण वर्ष उद्‌घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्