०६ असार २०८३, शनिबार

ओलीले खुट्टामा समस्या भयो भनेपछि संसद्को रोष्ट्रममा ल्याइयो कुर्सी, बसेर दिए जवाफ

फागुन ४, २०८१
काठमाडौं
ओलीले खुट्टामा समस्या भयो भनेपछि संसद्को रोष्ट्रममा ल्याइयो कुर्सी, बसेर दिए जवाफ

संसद्‌मा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टामा समस्या भएपछि रोष्ट्रममा कुर्सीको व्यवस्था गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु हजराको प्रश्न सकिएपछि ओलीले कुर्सीको व्यवस्था गरिदिन माग गरेका थिए । 

‘सभामुख महोदय, मलाई अलिकति खुट्टामा थोरै समस्या भएको हुनाले, कुर्सी प्रयोग गर्ने गरिएकै छ । व्यवस्था गरिदिनु होला,’ ओलीले भने ।

त्यसपछि संसद्का कर्मचारीले ओलीलाई कुर्सी ल्याइदिएका हुन् ।

कुर्सी ल्याइदिएपछि ओलीले कुर्सीमा बसेर रोष्ट्रमबाट जवाफ दिएका छन् ।

संसद्‌मा प्रश्नोत्तर कार्यक्रम लम्बिएपछि ओलीले कुर्सी मगाएका हुन् । 

विगतमा पनि प्रधानमन्त्रीहरूले आवश्यक परेको बेला रोष्ट्रममा कुर्सी प्रयोग गर्ने गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्