२३ जेठ २०८३, शनिबार

हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै, पानीको अभाव

फागुन ४, २०८१
काठमाडौं
हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै, पानीको अभाव

खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय र स्थानीय जुटेका छन् ।  

हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय प्रयासरत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए ।      

    आगलागीबाट दुईवटा घरमा पूर्णरुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । आगो निभाउन पानी अभाव भएको उनले बताए । आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । 

खाना पकाउने क्रममा ग्यास चुहिएपछि आगलागी सुरु भएको हो ।  ग्यास सिलिन्डर पसलसमेत भएको घरमा आगो निभाउन नसक्दा नजिकैका अन्य घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्