२२ असार २०८३, सोमबार

संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

फागुन ५, २०८१
काठमाडौं
संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।

यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकबारे छलफल गर्ने र पारित गर्ने कार्यसूची छ ।

संघीय संसदको सचिवालयले आजको सम्भावित कार्यसूचीमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुनेछ । 

भ्रष्टाचारसम्बन्धी विधेयक प्रधानमन्त्रीले र प्रहरी सम्बन्धी विधेयक गृहमन्त्रीले पेश गर्नु हुने सम्भावित कार्यसूची सचिवालयले जनाएको छ। 

null

salt training

कमेन्ट गर्नुहोस्