२३ जेठ २०८३, शनिबार

नर्भिकमा हरेक बुधबार निःशुल्क लिभर ओपीडी

फागुन ५, २०८१
काठमाडौं
नर्भिकमा हरेक बुधबार निःशुल्क लिभर ओपीडी

​नर्भिक इन्टरनेशनल अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने भएको छ ।

निःशुल्क लिभर ओपीडीमा कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट, क्लिनिकल एन्ड ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर पौडेल र कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट डा. पुकार थापाले सेवा दिनेछन् । 

निःशुल्क ओपीडीमा आउने बिरामीलाई डाक्टरद्वारा सिफारिस गरिएका परीक्षणमा २० प्रतिशत छुट हुने पनि अस्पतालले जनाएको छ ।

निःशुल्क लिभर ओपीडी सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्सएप एवं भाइबर नम्बर ९७७–९८२३८८४४८८ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्