
नेकपा (एमाले)का सांसद रघुजी पन्तले दुई सदनबीच विवाद उत्पन्न हुँदा त्यसले संसदीय व्यवस्थालाई कमजोर बनाउने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठककको आकस्मिक समयमा बोल्दै पन्तले राष्ट्रिय सभा पाकाहरूको सदन भएको बताएका हुन् ।
‘दुई सदबीचमा द्वन्द्व र विवाद उत्पन्न हुँदा संसदीय व्यवस्थालाई कमजोर हुन्छ । यसैले दुई सदनबीच आरोप प्रत्यारोपमा उत्रिनु हुँदैन,’ पन्तले भने, ‘राष्ट्रिय राष्ट्रिय सभा वृद्धाश्रम होइन, पाकाहरूको सदन हो ।’
पन्तले राष्ट्रिय सभाले प्रतिनिधिसभाको सांसदले बोलेको विषयमा खेद प्रस्ताव गर्नेसम्मको स्थिति आउनु राम्रो नभएको उनले बताए ।
दुवै सदनबीच द्वन्द्व होइन सम्मान बढाएर जानुपर्ने उनको भनाइ थियो ।
राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आइतबार राष्ट्रिय सभालाई वृद्धाश्रम भएको बताएका थिए ।