२२ जेठ २०८३, शुक्रबार

दराज डटकम डटएनपीमा ७० प्रतिशतसम्मको छुट, शुक्रबारदेखि व्लाक फ्राइडे सेल

दराज डटकम डटएनपीमा ७० प्रतिशतसम्मको छुट, शुक्रबारदेखि व्लाक फ्राइडे सेल

आफुलाई आवश्यक पर्ने कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि व्लाक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् । 

व्लाक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्री लगायतका बिक्रेताहरुले दराज डटकमडटएनपी मार्फत सस्तोमा सामान उपलब्ध उपलब्ध गराउने छन् । दराजको एण्ड्रोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रलिले जनाएको छ ।मंसिर ८ गतेदेखि १२ गतेसम्म तदनुसार २४ नाभेम्बरदेखि २८ नोभेम्बरसम्म ब्लाक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्राण्डका उत्पादनहरु खरिद गर्न सकिन्छ । 

सेलमा ४० हजार रुपैंया बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्ड लिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निशुल्क उपलब्ध गराउने छ ।सेल अवधिमा दराज डट कम डट एनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् । युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैंयामा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिन्छ । 

ब्लाक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्ने मध्ये १ जोडीले फ्लाई दुबाई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्र मार्फत ४ रात ५ दिनको दुबाई भ्रमणको अवसर पाउने छन् । साथै पहिलो १ घण्टामा २ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैंयाको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैंया बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् ।

ब्लाक फ्राइडे सेललाई नोकिया ८ ले प्रायोजन गरेको हो भने वल्र्डलिंक, युएमई डिजी, फ्लाई दुबाई, समिट एयर, वान ग्लोब ट्राभल्स, र नेपाल इन्भेष्टमेण्ट बैंकले सहप्रायोजन गरेका छन् । 

सन् २०१६ मा पनि दराज केमुले ब्लाक फ्राइडे सेलको आयोजना गरेको थियो । उक्त सेलमा दराज केमुमा सुचीकृत भएका बिक्रेताहरुको नियमित कारोबार दैनिक १५ गुणाले बढेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्