२१ असार २०८३, आइतबार

कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरू

फागुन ५, २०८१
काठमाडौं
कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरू

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरू भएको छ । उक्त महोत्सव तीन दिनसम्म चल्नेछ ।

उक्त महोत्सवको आज आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्‌घाटन गरेका हुन् । 

‘ऋति फाउन्डेसन’ले कर्णालीको समग्र क्षेत्रको पहिचानसम्बन्धी जानकारी दिन र प्रदेशको सम्भावना केलाउने उद्देश्यले महोत्सवको छैटौं सँस्करण आयोजना गरेको हो ।

उद्‌घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेल, कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री गमता विक, सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलगायतले छलफलको उत्सवका रूपमा सञ्चालन हुँदै आएको कार्यक्रमले कर्णालीलाई नेपाल तथा विश्वमा चिनाउन सहयोग पुर्‍याएको बताए ।

उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल 'आहुति'ले ‘मान्ठ र मइडो’का बारेमा प्रवचन दिए । 

कार्यक्रममा एक हजार ३०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्