०२ असार २०८३, मंगलबार

देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

फागुन ५, २०८१
चितवन
देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

 देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ । 

आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख सङ्कलन हुन बाँकी छ । 

महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट आएका करिब ३० लाख भक्तजनबाट सो रकम सङ्कलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्