२३ जेठ २०८३, शनिबार

तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

फागुन ५, २०८१
तनहुँ
तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

तनहुँको देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । स्थानीय ६१ वर्षीय शङ्खवीर गुरुङ र ६८ वर्षीय कृष्णबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा ग्रामीण भेगमा गस्ती गर्ने क्रममा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले शङ्खवीरको घरबाट लुकाइछिपाइ राखिएको एक थान एकनाले बन्दुक, एक थान बन्दुकको चापघोडा नभएको बन्दुक र कृष्णबहादुरको घरबाट एक थान एकनाले बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्