१५ असार २०८३, सोमबार

कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

फागुन ५, २०८१
काठमाडौं
कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

 ‘द आर्ट अफ लिभिङ’ गण्डकी प्रदेशको आयोजनामा कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ तालिम प्रदान गरिएको छ । 
    
आठ दिने उक्त तालिमको समापन गर्दै आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जीवनलाई सुन्दर बनाउन योग, ध्यान र ज्ञानले सहयोग पुग्ने बताए । उनले विगतका गल्तीलाई प्रायश्चित्त गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । 

जेलर राजेन्द्र शर्माले कैदी बन्दीहरूको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुनस्र्थापनाका लागि तालिम फलदायी रहेको बताए । 
    
उनका अनुसार तीन वटा ब्लकमा रहेका तीन सय ५० जनालाई तालिम प्रदान गरिएको थियो । हाल कारागारमा सात सय ७९ जना बन्दी छन् । जसमा ४९ महिला र दुई जना नाबालक छन् । 

तालिममा स्वामी ब्रह्माचार्य श्री चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्