
पञ्जाबको गुरदासपुरमा गएराति भएको विस्फोटको जिम्मेवारी बब्बर खालसा इन्टरनेशनलका आतंककारी ह्याप्पी पासियान र उनका सहयोगी शेरा मानले लिएका छन्।
उनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै विस्फोटको जिम्मेवारी लिएका हुन्। यो विस्फोट एक प्रहरीको घर बाहिर गरिएको थियो, जसका कारण घरको सिसा पनि फुटेको थियो। यद्यपि, कुनै हताहत नभएको समाचारमा उल्लेख छ ।
पोस्टमा बब्बर खालसा इन्टरनेशनलका आतंककारी ह्याप्पी पासियानले लेखेका छन्, 'आज गाउँ रायमलमा प्रहरी जतिन्दरको घरमा ग्रेनेड आक्रमण भएको छ। म, ह्याप्पी पासियान र भाइ शेराले यसको जिम्मेवारी स्वीकार गर्छु। दुई महिनाअघि उनी केही प्रहरीहरूसँग मेरो घरमा गएर मेरो परिवारसँग दुर्व्यवहार गरे र जबरजस्ती क्यामेराको डीभीआर निकाले। यसअघि पनि उनले रामदास क्षेत्रका अन्य परिवारहरूलाई अन्याय गरेका थिए, जुन हामीले पहिले सहन सकेनौं र अहिले पनि सहन सक्ने छैनौं।"