२२ असार २०८३, सोमबार

देशका विभिन्न स्थानमा १० जना मृत भेटिए

फागुन ६, २०८१
काठमाडौं
देशका विभिन्न स्थानमा १० जना मृत भेटिए

देशका विभिन्न स्थानमा१० जना मृत अवस्थामा फेला परेका छन् ।  सोमबार र मंगलबार गरी दुई दिनमै देशका विभिन्न ठाउँमा १० जना मृत फेला परेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित एक भोजनालयमा काम गर्ने मकवानपुर चित्लाङका ६० वर्षीय राम मानन्धर घरको पाँचौं तलामा मृत भेटिएका हुन् । 

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१ की ५० वर्षीया मुन्नी मगर आफ्नै घरमा मृत फेला परेकी छन् । 

कैलालीकैको जानकी गाउँपालिका-५ नवलपुरका ३० वर्षीय रामबहादुर कठरिया, इलाम, चुलाचुली गाउँपालिका-१ कटहरेका ७० वर्षीय डिकबहादुर राई, गुल्मीको कालिगण्डकी गाउँपालिका-४ जोखुमका ३२ वर्षीय ओम बहादुर राना र दाङ, घोराही उपमहानगरपालिका-४ शान्तिनगर घर भई लमही नगरपालिका-५ रातोडाँडाका ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीसमेत मृत अवस्थामा फेला परेको प्रहरी समाचार बुलेटिनमा उल्लेख छ । 

त्यसैगरी, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मुलपानीस्थित नाङ्गे डाँडामा ८३ वर्षीय खड्गबहादुर आले, तनहुँको भानु नगरपालिका-३ खहरेका ८४ वर्षीय बज्र नारायण श्रेष्ठ मर्स्याङ्दी नदीमा, रामेछापको मन्थली नगरपालिका-६ सिल्ली बजारस्थित सडकको नालामा २३ वर्षीय सुजन माझी तथा कालिकोटको पचालझरना गाउँपालिका-२ खैरकोटका ३५ वर्षीय नरेन्द्र कठायत मृत अवस्थामा भेटिएका छन् । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्