
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतको उडिसामा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युपछि सरकारले कूटनीतिक अक्षमता देखाएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सापकोटाले प्रकृति लम्सालको मृत्युपछि विद्यार्थीले दुःख पाउँदा पनि सरकारले कूटनीतिक सक्षमता नदेखाएको आरोप लगाएका हुन् ।
‘भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भयो । अमानवीय व्यवहार नेपालीमाथि धावा बोलियो,’ सापकोटाले भने, ‘तर घटनापछि सरकारले कूटनीतिक सक्षमता देखाएन । यसको कारण पनि अरु विद्यार्थीले सास्ती भोग्नुपरेको छ ।’
माओवादी पार्टीको तर्फबाट घटनाको भर्त्सना गरेको उनले बताए ।
यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले मृतक परिवारलाई न्याय दिन माग गरेका छन् ।