२२ असार २०८३, सोमबार

राजनीतिक प्रकृतिका नभएकोले अध्यादेशको विरोधको औचित्य छैन : प्रमुख सचेतक घिमिरे

फागुन ६, २०८१
काठमाडौं
राजनीतिक प्रकृतिका नभएकोले अध्यादेशको विरोधको औचित्य छैन : प्रमुख सचेतक घिमिरे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकारले ल्याएका एउटा पनि अध्यादेश राजनीतिक प्रकृतिको नभएको बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन् । 

‘सरकारले ६ वटा अध्यादेश जारी गर्‍यो । यी कुनै पनि राजनीतिक प्रकृतिका छैनन् । आर्थिक र सुशासनसँग सम्बन्धित छन् । अध्यादेशका के त्यस्तो गरेको छ र यत्रो कोकोहोलो भन्ने पनि छ,’ घिमिरेले भने, ‘संसद् छल्न के कारण पर्‍यो भनिएका छन् । तर संसद् शुरू हुन मुखमै ९ वटा कानूनलाई संशोधन गर्ने प्रचण्ड प्रधानमन्त्री हुँदा अध्यादेश ल्याउनुभएको थियो । हामीले प्रतिपक्षीमा थियौं । खुला दिलले साथ दियौं । प्रतिपक्षमा बस्दा विरोध गर्नुपर्छ भन्ने छैन । अलिपछि राजनीतिमा आएकाले सायद सिक्दै हुनुहोला ।’

कानूनअनुसार अध्यादेश ल्याउने विषय उचित रहेको उनले बताए ।

अन्यथा सधैं विरोधमात्रै गर्ने स्थिति भए संविधान संशोधन गरेर अध्यादेश ल्याउनै नपाउने व्यवस्थामा सहमत जनाउन उनले आग्रह गरे । 

विधेयक निर्माणलाई तीव्रता दिन नसक्दा अध्यादेश आउने गरेको भन्दै उनले सांसदलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्