२८ जेठ २०८३, बिहीबार

मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ : अध्यक्ष ओली

मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ : अध्यक्ष ओली

दाङ, ६ मंसिर - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार भएको बताउनुभएको छ । 

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले आज घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘‘त्यो आवश्यकता पुरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।” 
उहाँले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गर्नुभयो । 
कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन कम्युनिष्ट सरकार गठन हुने दाबी उहाँको थियो । 

उहाँले आफ्ना विचार जनताका माझ राख्न जनसभा गरेका बेला विप्लव माओवादीले गरेको बन्दलाई के गर्न खोजेको भनेर प्रतिप्रश्न समेत गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्