०७ साउन २०८३, बिहीबार

सरकार सुशासनमार्फत् मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ : मन्त्री गुरुङ

फागुन ६, २०८१
लमजुङ
सरकार सुशासनमार्फत् मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । 

लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा मंगलबार जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताए । अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको उनको भनाइ छ । 

‘हामी आर्थिक सुधार गर्ने चरणमा छौं’, मन्त्री गुरुङले भने, ‘यो सरकारले राम्रा काम गरिरहेको छ ।’

पुँजीगत खर्च धेरै बढाउने र रोकिएका विकासका कार्य निर्माणमा जोड दिन अहिलेको सरकार केन्द्रित रहेको उनको भनाइ छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले लमजुङ खेलकुद र संस्कृतिका हिसाबले धनी जिल्ला भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए । 

देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन खेलकुद अत्यन्त महत्त्वपूर्ण विधा भएको मन्त्री गुरुङले उल्लेख गरे । उनले जिल्लामा यस्ता महोत्सवबाट लुकेका प्रतिभा पहिचान गर्न मद्दत पुग्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधार गर्न जरुरी रहेको मन्त्री गुरुङको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्