
कैलालीमा अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका-२ बगनियाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ५१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको जनाइएको छ ।