०८ असार २०८३, सोमबार

देवयानी इन्टरनेशनलद्वारा शैक्षिक सामग्री वितरण

फागुन ६, २०८१
काठमाडौं
देवयानी इन्टरनेशनलद्वारा शैक्षिक सामग्री वितरण

देवयानी इन्टरनेशनल (केएफसी तथा पिज्जा हट) नेपालले शैक्षिक सामग्री वितरण गरेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसी तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानीले पोखरा २६ मा अवस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत २१० जना फरक क्षमता भएका विद्यार्थी तथा दारुवालियूम वसियत विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीका लागी शैक्षिक सामग्री वितरण गरेको छ ।

शैक्षिक सामग्रीमा एक थान झोला, ६ थान कपी र ६ थान डटपेन प्रदान गरिएको देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए ।​ ​

देवयानी इन्टरनेशनलले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्त्वअन्तर्गत समुदायमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।

कम्पनीले हाल फरक क्षमता भएका व्यक्तिहरूबाट समेत केएफसी स्टोर सञ्चालन गर्दै आएको छ ।

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्