१५ असार २०८३, सोमबार

बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ

फागुन ६, २०८१
काठमाडौं
बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ

प्रहरीले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो । 

शनिबार भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। 

कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले हाइड्रोजन बेलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्‍याएको विषयमा अनुसन्धान भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्