
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र कुनै पनि विवाद र असमझदारी नराखी एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
हिजो नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको निर्माणाधिन भवनको अवलोकनका क्रममा कार्यकर्तासँगको अन्तरक्रियामा उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले सोहीअनुसार पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।
र्टी कुनै पनि गुट र उपगुटमा नभई एक भएर आगामी निर्वाचनमा लाग्नुपर्नेमा उनले जोड दिए ।
महामन्त्री शर्मालाई कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सासद दुर्लभ थापाले नयाँ भवन निर्माणको अवस्थाबारे जानकारी गराएका थिए ।