०२ असार २०८३, मंगलबार

इजराइल रोजगारीका लागि १३ जना नेपाली उडे

फागुन ७, २०८१
काठमाडौं
इजराइल रोजगारीका लागि १३ जना नेपाली उडे

केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजराइल उडेका हुन् ।

गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए ।
उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजराइल शाखाले जनाएको छ । हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्